नारी दिवसमा टेलिकमको अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नारी दिवसमा टेलिकमको अफर



काठमाडौं  २४ फागुन। नेपाल टेलिकमले अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्ताहरुलाई बिभिन्न किसिमका सेवाहरुमा सहुलियत प्रदान गरेको छ । कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो सहुलियत अफर बुधवारदेखि तीन महिनासम्म कायम रहने बताएको छ ।

यसरी उपलब्ध गराइएको अफर अन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन् । फेसबुक प्याकेज अन्तर्गत २२ रुपैयाँ ६० पैसामा पाँच दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १०० एमबी डाटा उपलब्ध गराएको छ ।

त्यसैगरी डे एण्ड नाइट डाटा प्याकेज अन्तर्गत १ सय रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजे सम्म ५ सय एमबी र बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १ सय एमबी डाटा सात दिनसम्म उपभोग गर्न पाइने छ ।

नाइट डाटा प्याकेज अन्तर्गत ४५ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म ५ सय सात दिनसम्म र ९० रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म १२ सय एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने छ ।

प्रकाशित : २४ फाल्गुन २०७३, मंगलवार ११:४७