नेप्से परिसुचक ५ दशमलव ९७ अंकले उकालो लाग्यो, कस्ले कति कति कमाए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्से परिसुचक ५ दशमलव ९७ अंकले उकालो लाग्यो, कस्ले कति कति कमाए



काठमाडौं २६ फागुन। बिहीवार नेप्से परिसुचक ५ दशमलव ९७ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १३ सय ४७ दशमलव ५३ अंकमा पुगेर बन्द भएको हो ।

बिहीवार कारोवारमा आएकामध्ये अधिकांश समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी ५९ दशमलव २५ अंकले बढेको छ । त्यस्तै होटल समुह २४ दशमलव ८६,जलविद्युत १३ दशमलव ४६ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ६ दशमलव ९४ अंकले बढेको छ ।

त्यसैगरी विकास बैंक र फाइनान्स समुहको परिसुचक क्रमशः २ दशमलव ३९ र १ दशमलव ७७ अंकले बढेको छ । यता उत्पादन र अन्य समुहको परिसुचक भने १२ दशमलव ५७ र ४ दशमलव ६३ ले ओरालो लागेको छ ।सो दिन ग्लोवल आइएमइ बैंकको ९ करोड १७ लाखको कारोवार भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ८६ लाख बराबरको कारोवार भएको छ ।

बिहीबार १ सय ३८ कम्पनीको १० लाख कित्ता सेयर कारोवार भएको छ । जसबाट ५२ करोड ४८ लाख बराबरको कारोवार भएको छ ।

प्रकाशित : २६ फाल्गुन २०७३, बिहीबार १२:३१