सौर्य एयरलाइन्सको दोस्रो जहाज आयो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सौर्य एयरलाइन्सको दोस्रो जहाज आयो



काठमाडौं २९ फागुन । सौर्य एयरलाइन्सले क्यानाडाको प्रसिद्ध र सबैभन्दा पुरानो बम्बाडिया सिआरजे- २०० जहाज ल्याएको छ।

एयरलाइन्सको यो दोस्रो जहाज हो।यो जहाज आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।अमेरिकाबाट ल्याइएको यो जहाजको मूल्य करिब एक अर्ब रुपैयाँको हो।जहाजमा ५० सिट यात्रु क्षमता छ।

एयरलाइनस्ले तीन महिनामा अर्को जहाज पनि ल्याउँदैछ।एयरलाइन्सले अहिले तीन मुख्य ट्रंक रुटमा उडान गरिरहेको छ।विराटनगर,भद्रपुर र नेपालगञ्जमा दैनिक चार सय यात्रुलार्इ सेवा दिँदै आएको एयरलाइन्सले जनाएको छ।

एयरलाइन्सका अनुसार दोस्रो जहाजसँगै भैरहवा र धनगढीमा उडान गर्ने एयरलाइन्सका अध्यक्ष दीपककुमार पोखरेलले बताए।उनका अनुसार छिट्टै माउन्टेन फ्लाइट सुरु गरिनेछ।एयरलाइन्सले ट्राभल एजेन्टमा आधारित मार्केटिङ नीति लिएको समेत उनले बताए।क्यानडामा निर्मित जहाज कम्फर्टेवल सीट,स्पेसियस लेगरुम,अधिकतम सुरक्षा र सस्तो मूल्य रहने एयरलाइन्सको दाबी।

प्रकाशित : २९ फाल्गुन २०७३, आईतवार १५:५८