व्यापार सम्बन्धि बिल गेट्सका केही कुराको खुलासा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

व्यापार सम्बन्धि बिल गेट्सका केही कुराको खुलासा



billबिल गेट्स अमेरिकाको अर्बपति भएपनि अमेरिकामा उहाँ भन्दा सफल मान्छेहरु धेरै छन् जसबाट उहाँ आफ्नो ब्यापार सम्बन्धि धेरै कुराहरु सिक्न सक्छन् र त्यहिँ सफल व्यक्तिहरुमा एक जना पर्छन् उहाँको अर्बपति साथी वारेन बफेट |

 

बिल गेट्सले वारेन बफेटबाट आफ्नो व्यापारमा सहयोग गर्ने धेरै कुराहरु सिके, ती हुन् :

 

१. व्यापार चलाउने ढांचा :

 

जब गेट्स बफेटसंग भेटेका थिए तब उनको मुख्य लक्ष्य शेयरमा लगानी गर्ने थियो | बफेट आफ्नो व्यापारमा हुने दैनिक विकासलाई नहेरिकन समग्र विकासलाई हेर्ने गर्थे | उहाँको व्यापार चलाउने ढांचा अरु ब्यापारीहरुको भन्दा फरक थियो | उहाँले भन्नु हुन्थ्यो, “एउटा शेयरधारकले जहिले पनि व्यापार आफ्नै हो भन्ने सोच राख्दै व्यापारलाई कसरी भविष्यमा नाफा ल्याउन सकिन्छ भनेर काम गर्नु पर्छ |”

 

२. शेयरधारकहरुसंग इमानदारी :

 

बफेट जहिले पनि आफ्नो शेयरधारकहरुसंग इमान्दारी र खुल्ला रुपमा प्रस्तुत हुनुहुन्छ | आफ्नो व्यापार सम्बन्धिको हरेक कुराहरुलाई खुलेर भन्ने गर्छन् जस्तै शेयरसंग सम्बन्धित कुराहरु होस् या धनी मान्छे हरुलाई बदी कर तिर्न लगाउनु पर्ने कुराहोस्, सबै कुराहरु खुलेर भन्छन् |

 

३. समयको मान गर्ने :

 

बफेटले आफ्नो समयलाई एकदमै मान गर्छन् | आफ्नो समयलाई कहिले पनि ब्यर्थ खेर जान दिदैनन् | आफ्नो महत्त्वपूर्ण मान्छेहरुको फोन कल आउँदा आफै कुरा गर्ने गर्नु हुन्छ | आफुलाई जुन कुरा बदी महत्त्व छ त्यहिँ कुराको लागि पहिला समय निकालनु हुन्छन् |

प्रकाशित : ८ असार २०७२, मंगलवार ०६:०५