चैत १ देखि स्टाण्डर्ड चार्टर्ड बैंकको एफपिअो , कहाँबाट दिने अावेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चैत १ देखि स्टाण्डर्ड चार्टर्ड बैंकको एफपिअो , कहाँबाट दिने अावेदन ?



काठमाडौं, ३०  फागुन । स्टाण्डर्ड चार्टर्ड बैंकको एफपिओ चैत १ गतेदेखि खुला हुने भएको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा ११ सय ९० रुपैयाँ प्रिमियम थप गरी १२ सय ९० रुपैँयाको दरले २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपिओ निष्काशन गर्न लागेको हो ।

बैंकको एफपिओमा लगानीकर्ताले न्यूनतम १० कित्ता (१२ हजार ९ सय रुपैयाँ) देखि अधिकतम २५ हजार ८८० कित्ता (३ करोड ३३ लाख ८५ हजार २०० रुपैँया) सम्म आवेदन दिन सक्नेछन् । स्टाण्डर्ड चार्टर्ड बैंकको शेयर गत विहिबार नेप्सेमा प्रतिकित्ता दुई हजार रुपैँयामा कारोबार भएको छ । बजार मूल्य भन्दा उल्लेख्य रुपमा सस्तो रहेको यो कम्पनीको एफपिओमा अहिले लगानीकर्ताको निकै आकर्षण छ ।

एफपिओ निष्काशनपछि बैंकको शेयर संरचना ७० दशमलव २१ प्रतिशत सस्थापक र २९ दशमलव ७९ प्रतिशत सर्बसाधारणको हुनेछ । हाल ३ अर्ब ७४ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले एफपिओ निष्काशनपछि चुक्ता पूँजी ४ अर्ब ५७ लाख रुपैयाँ पुग्नेछ ।

बैंकको शयरलाई इक्रा नेपालले ग्रेड टु प्लस रेटिङ प्रदान गरेको छ । बैंकको एफपिओमा आवेदन दिन इच्छुकलगानीकर्ताले धितोपत्र बोर्डबाट आस्बा प्रणाली सेवा प्रदान गर्न अनुमति लिएका बैंक तथा वित्तिय संस्थाका साथै पुरानै तरिकाबाट एनएमबि बैंकका शाखा कार्यालयबाट आवेदन गर्न सक्ने छन् ।बैंकले एफपीओ निष्काशनका लागि एनएमबि क्यापिटलाई बिक्री प्रवन्धक नियुक्त गरेको छ । चैत १ गतेदेखि निष्काशन खुला हुने बैंकको एफपिओ छिटोमा चैत्र ४ गतेसम्म र ढिलोमा चैत्र १५ गतेसम्म निष्काशन बन्द हुने छ ।

प्रकाशित : ३० फाल्गुन २०७३, सोमबार ०९:३७