ग्लोबल आईएमईले एक्वायर गर्न लागेको रिलायबलको ११ औं साधारणसभा आज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्लोबल आईएमईले एक्वायर गर्न लागेको रिलायबलको ११ औं साधारणसभा आज



काठमाडौं,२ चैत  । ग्लोबल आईएमई बैंकले एक्वायर गर्न लागेको रिलायबल डेभलपेमन्ट बैंकको ११ औं साधारणसभा आज बस्दैछ । आर्मी अफिर्सस क्लब भद्रकालीमा हुने साधारणसभाले लगानीकर्तालाई दिने भनि प्रस्ताव गरेको २८ दशमलव १४ प्रतिशत बोनस शेयर पारित गर्ने भएको छ ।

त्यस्तै यसअघि बैंकको १० औं साधारणसभाले पारित गरेको एक बराबर एक को अनुपातमा हकप्रद निष्काशन गर्ने निर्णयलाई उल्टाउने भएको छ ।

रिलायवल डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफा १३ दशमलव ९० प्रतिशतले वृद्धि गरी ७ करोड ४६ लाख रुपैयाँ कमाएको छ ।

प्रकाशित : २ चैत्र २०७३, बुधबार ०५:१७