महिला सहयात्रा लघुवित्तको प्राथमिक सेयर आज देखि निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

महिला सहयात्रा लघुवित्तको प्राथमिक सेयर आज देखि निष्काशन



काठमाडौं।  महिला सहयात्रा माइक्रो फाइनान्सको साधारण सेयर आज देखि निष्काशन गरिएको छ । मकवानपुरको चिल्लाङमा मुख्य कार्यालय रहेको यो लघुवित्तको तीन करोड ३० लाख रुपैयाँको तीन लाख तीस हजार कित्ता सेयर निष्काशन गरिएको हो । आगामी शुक्रबारदेखि बिक्री बन्द हुनेछ ।

संस्थापक शेयर स्वामित्वतर्फ क वर्गका इजाजत पत्र प्राप्त संस्थाहरुमा प्राइम कर्मसशियल बैंकको १८ दशमलव १८ प्रतिशत, नबिल बैंकको ५ दशमलव १९ प्रतिशत शेयर स्वामित्व रहेको छ भने अन्य इजाजत प्राप्त संस्थाहरुमा काठमाडौं फाइनान्स लि।को ५ दशमलव १९ प्रतिशत, सिभिल मर्चेन्ट वित्तिय संस्थाको ५ दशमलव १९ प्रतिशत र अन्य बाँकी संस्थापक शेयर सदस्य शेयरधनीको रहेको छ ।

यस कम्पनीको शेयरका लागी न्युनतम् ५० कित्ता र अधिकतम् २००० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सेयर जारी गरेपश्चात कम्पनीको पुँजी ११ करोड रुपैयाँ पुग्ने छ ।

सस्थाको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट हो । नेपालमा कम्पनीहरुको ग्रेड रेटिङ गर्ने संस्था इक्राले यस लघुवित्तलाई ४ रेटिङ प्रदान गरेको छ ।

प्रकाशित : ८ असार २०७२, मंगलवार ०८:०७