भूकम्प प्रभावित किसानलाई विशेष व्यवस्था गर्न कृषकको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

भूकम्प प्रभावित किसानलाई विशेष व्यवस्था गर्न कृषकको माग



काठमाडौ । भूकम्पलगायत प्राकृतिक प्रकोपको मारमा परेका किसानलाई सुविधा दिन कृषक प्रतिनिधिहरुले सरकारसँग माग गरेका छन् ।

आज प्रधानमन्त्री  निवास बालुवाटारमा शुसिल कोइरालालाई भेटेर नेपाल क्रान्तिकारी किसान संघले भूकम्प प्रभावित किसानलाई राहतको विशेष व्यवस्था गर्न माग गरेको हो ।

पीडित किसानलाई पाँच वर्षसम्म निःशुल्क बीउ, रासायनिक मल, किटनाशक औषधि र कृषि औजार वितरण गर्नुपर्ने साथै पशुपंक्षीमा क्षति पुगेका किसानको क्षति विवरण संकलन गरेर राहत दिनुपर्ने, गुठी र मोहियानी लागेको जग्गामा बनाएको घरमा क्षति पुगेका किसानलाई सोही जग्गामा घर बनाउन दिनुपर्ने माग उनीहरुको छ ।

त्यसक्रममा प्रधानमन्त्री कोइरालाले भूकम्प प्रभावित किसानहरुको हीतका लागि सरकारले विशेष व्यवस्था गर्ने बताएका छन् ।

प्रकाशित : ८ असार २०७२, मंगलवार ११:३१