आर्थिक पत्रकारलाई तालिमका लागि सेजन, एनबीआई सहकार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आर्थिक पत्रकारलाई तालिमका लागि सेजन, एनबीआई सहकार्य



काठमाडौं, ९  चैत । आर्थिक पत्रकारहरुलाई तालिमका लागि नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेशनल बैंकिङ्ग इन्स्टिच्युट (एनबीआई) बीच मगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारी अनुसार एनबीआईले वार्षिक रुपमा २५ आर्थिक पत्रकारहरुलाई सम्पत्ति शुद्धीकरण सम्बन्धि तालिम प्रदान गर्नेछ । त्यस्तै, आर्थिक पत्रकारिता तालिमका लागि सेजनले विकास गरेको पाठ्यक्रम अनुसार एनबीआईले तालिम प्रदान गर्ने समझदारी भएको छ । समझदारीपत्रमा सेजनका अध्यक्ष गोकर्ण अवस्थी तथा एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जीब सुब्बाले हस्ताक्षर गर्नुभएको छ ।

प्रकाशित : ९ चैत्र २०७३, बुधबार ०५:०५