एभरेष्ट बैंकले दियो दैवीप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एभरेष्ट बैंकले दियो दैवीप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ दिएको छ । बैंकले सोमबार यो प्रधानमन्त्री सुशील कोइरालालाई चेक हस्तान्तरण गरेको हो ।

भूकम्प पीडितहरुको राहत तथा पुनर्स्थापनाको लागि बैंकले पैसा दिएको हो । बैंकले थप ५० लाख रुपैयाँ पीडितहरुको पुनस्र्थापनामा खर्च गर्ने जनाएको छ । एभरेष्ट बैंक सञ्चालक डा. बाल गोपाल बैद्यले प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री डा. रामशरण महत, बैंकका सन्चालक अरुण मान शेरचन, बैंकका प्रमुख कार्यकारी अधिकृत लगायत उपस्थित थिए ।

प्रकाशित : ३१ बैशाख २०७२, बिहीबार ०३:०७