जलविद्युतको शेयरमा जोखिम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जलविद्युतको शेयरमा जोखिम



काठमाडौं, १३ चैत  । ६ बर्षअघिको प्रसङ्ग हो, रसुवा, धैबुङ–४ का दशरथ देवकोटाले घन्टौं लाइनमा बसेर चिलिमे जलविद्युत् आयोजनामा शेयरका लागि आवेदन दिए ।

२० मेगावाट क्षमताको आयोजनाका लागि नेपाल विद्युत् प्राधिकरणले स्थापना गरेको चिलिमे हाइड्रो पावर कम्पनीले आवश्यक पुँजी जुटाउन साधारण शेयर (आईपीओ) निष्काशन गरेको थियो । गाउँघरका सबैले चासो देखाएपछि उनले पनि शेयरका लागि आवेदन दिएका थिए । ऋण काढेरै दुई सय कित्ताका लागि आवेदन दिए पनि उनको भागमा ४५ कित्तामात्र पर्यो । अहिले त्यो बढेर १ सय १० कित्ता पुगेको छ ।

सरकारी सेवाबाट हालैमात्र निवृत्त देवकोटा शेयर हिसाब/किताब राम्रैसँग राख्नेमा पर्छन् । अन्य जलविद्युत् कम्पनीका शेयर खुल्नासाथ लगानी गर्न तम्सन्छन् । तर, यिनै देवकोटा र उनीजस्तै लाखौं शेयरधनीहरुलाई जलविद्युत् आयोजनाको आयु, त्यसपछिका प्रक्रिया र शेयरको भविष्यका बारेमा कुनै जानकारी छैन । आफूले शेयर किनेका कम्पनीका जलविद्युत् आयोजनाहरु एउटा निश्चित अवधिपछि स्वतः सरकारको पोल्टामा जाने कानुनी व्यवस्थाका सम्बन्धमा समेत उनी अनभिज्ञ छन् ।

खासमा जलविद्युत आयोजनाबाट मुनाफा निश्चित भएको र लगानी र्फिताको ग्यारेन्टी हुने हल्लाले आम–लगानीकर्तालाई यसबारे सोच्ने फुर्सद नै मिलेको छैन । हल्लैहल्लाको यहि आम–बुझाइकै कारण जलविद्युत् कम्पनीहरुले साधारण शेयर निष्काशन गर्दा कैयौं गुणा बढी आवेदन पर्ने गरेको छ । आजको सेयर बजार साप्ताहिकबाट

प्रकाशित : १३ चैत्र २०७३, आईतवार ०४:३९