ड्राइभरबीनाको पहिलो ‘फ्लाइङ ट्याक्सी’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ड्राइभरबीनाको पहिलो ‘फ्लाइङ ट्याक्सी’



एजेन्सी। एक न एक चमत्कारी आविष्कार अनि इन्जिनियरीको बजोड नमुना पेश गर्दै आएको दुबईले फेरि एकपटक विश्वको ध्यान तानेको छ । दुबईले आफ्नो आकाशबाट उड्ने ट्याक्सीको सुरुवात गरेको छ।

फोल्ड गर्दा एउटा कार पार्क गर्न अटाउने ठाउँमा यो ट्याक्सी सहजै अट्न सक्छ। एक जनाको लागि सिट भएको यो ड्रोन ट्याक्सी चिनियाँ कम्पनी इहाङले बनाएको हो। दुबईको सडक तथा यातायात विभागको अनुसार यहि वर्षको जुलाई देखि यसले प्यासेन्जर बोक्न सुरु गर्नेछ।

विद्युतबाट सञ्चालित हुने ड्राइभरबिनाको यो ड्रोन (इहाङ १८४) परीक्षणको लागि दुबईको आकाशमा उड्न सुरु गरेको हो।

यातायात उद्योगले भोग्दै आएको विभिन्न चुनौती यसले समाधान गर्ने विश्वास इहाङका स्थापक तथा सिइओ हुआझी हुले गरेका छन्।

आठवटा प्रोपेलर भएको यो ट्याक्सी १०० किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्छ। यसले तय गर्ने वायुमार्ग जमिनमा रहेको कन्ट्रोल रुमबाट नियन्त्रण गरिन्छ। ग्राउण्ड कन्ट्रोलले ट्याक्सीसंग इन्क्रिप्टेड ४-जी नेटवर्कको माध्यमले निरन्तर सम्पर्क राखिराख्छ।यसको ब्याट्रीले केवल ३० मिनेट मात्र कार उडाउने सामर्थ्य राख्छ। अर्थात अधिकत गतिमा उड्दा यसले करिब ५० किलोमिटरको दुरीमात्र तय गर्न सक्छ।


तर, उड्दा उड्दै कारसंग ग्राउन्ड कन्ट्रोलको सम्बन्ध बिच्छेद भए के हुन्छ? इहाङको अनुसार यदि यस्तो समस्या आए यो ट्याक्सी लगतै कुनै सुरक्षित ठाउँमा आफै ल्याण्ड गर्छ। ड्राइभरलेस यो कारमा पहिलो प्यासेन्जर बन्ने आँट कसले देखाउलान्, निर्माणपक्षलगायत दुबई व्यग्र प्रतिक्षामा छ।

प्रकाशित : १४ चैत्र २०७३, सोमबार ०५:२२