सीआरआर गणनामा राष्ट्र बैंक खुकुलो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सीआरआर गणनामा राष्ट्र बैंक खुकुलो



काठमाडौं । भुकम्पका कारण बैंक तथा वित्तीय संस्थामा समस्या परेको भन्दै नेपाल राष्ट्र बैङ्कले अनिवार्य नगद मौज्दात (सीआरआर) गणनामा लचकता देखाएको छ ।

राष्ट्र बैङ्कले गत वैशाख १३ देखि जेठ २ गतेसम्मलाई एक साता मानेर सीआरआर गणना गर्ने सुविधा दिएको हो । केन्द्रिय बैंकले सोमवार एक विज्ञप्ती जारी गर्दै यस्तो बताएको हो । यसअघि केन्द्रिय बैङ्कले वैशाख १३ देखि २६ गतेसम्मको अवधिलाई एक साता मानेर सीआरआर गणना गर्ने सुविधा दिएको थियो ।

गत वैशाख २९ शक्तीशाली परकम्पका कारण अरु क्षति भएको भन्दै केन्द्रिय बैङ्कले उक्त खुकुलोपनाको अवधि बढाएको हो । पराकम्पनका कारण बैङ्कीङ प्रणालीमा सूचना सम्पर्क र कारोबार सामान्य भइनसकेकोले’ सीआरआर गणना प्रयोजनका लागि उक्त २१ दिनको अवधिलाई एक साता मान्न सकिने राष्ट्र बैङ्कले बताएको छ ।

विद्यमान व्यवस्था अनुसार वाणिज्य बैङ्कले ६ प्रतिशत, विकास बैङ्कले ५ प्रतिशत र बित्त कम्पनीले ४ प्रतिशत अनिवार्य नगद मौज्दात कायम गर्नुपर्छ ।

प्रकाशित : ९ असार २०७२, बुधबार ०३:५२