कार्यान्वयन हुने बजेट तथा योजना ल्याउन सांसदको जोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कार्यान्वयन हुने बजेट तथा योजना ल्याउन सांसदको जोड



काठमाडौं ।सहरी विकास मन्त्रालयको प्रस्तावित बजेटमाथि बुधबार व्यवस्थापिका–संसद्को वातावरण संरक्षणँ समितिमा भएको छलफलमा सांसदहरुले कार्यान्वयन हुने बजेट र योजनामात्र ल्याउन जोड दिएका छन् । सांसदहरुले बर्षौसम्म सम्पन्न नहुने बर्सेनि बजेटमात्र बढ्ने माथिबाट लादिएका योजनाले परिणाम नदिने हुँदा अब स्थानीय आवश्यकता हेरी कार्यान्वयन योग्य योजना ल्याउनुपर्ने सुझाव दिएका छन् ।

सरकारले सन् २०१७ सम्ममा सम्पूण नागरिकलाई खानेपानी र सरसफाइको व्यवस्था उपलब्ध गराउने भनेपनि ग्रामिण क्षेत्रमात्र होइन राजधानीमा समेत खानेपानी र ढलको भयावह समस्या रहेको सांसदले गुनासो गरेका थिए ।

अहिलेकै कार्यशैली, बजेट तथा योजनाले सरकारको त्यो लक्ष्य उक्त समयमा पूरा नहुने भन्दै सांसदहरुले ग्रामिणत्रमा खानेपानीको व्यवस्था गर्न विशेष कार्यक्रम ल्याउन माग गरेका छन ।

बैठकमा मन्त्रालयका सचिव अर्जुनबहादुर कार्कीले विभिन्न योजना तथा कार्यक्रमका लागि अर्थ मन्त्रालयबाट प्राप्त बजेट सीमामा आधारित रहेर रु २४ अर्ब ९६ करोड २२ लाख ६५ हजारको बजेट तयार गरिएको जानकारी दिए ।

बजेटमध्ये सरकारको तर्फबाट रु १४ अर्ब ९० करोड ३७ लाख १३ हजार, रु दुई अर्ब २४ करोड ९७ लाख ९० हजार अनुदान र रु सात अर्ब ८० करोड ८७ लाख ६२ हजार ऋण्ँ रहने मन्त्रालयले जनाएको छ ।

प्रकाशित : ९ असार २०७२, बुधबार ०८:०६