आउने भयो फर्स्ट माइक्रोफाइनान्सको हकप्रद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आउने भयो फर्स्ट माइक्रोफाइनान्सको हकप्रद



काठमाडौं १८ चैत। फर्स्ट माइक्रोफाइनान्सले हकप्रद निष्काशनको अनुमति पाएको छ। माइक्रोफाइनान्सले २ बराबर १ अर्थात् ५० प्रतिशतका दरले हकप्रद बिक्रि गर्ने अनुमति पाएको नेपाल धितोपत्र बोर्डले जनाएको छ।

फर्स्ट माइक्रोफाइनान्सको गत असोज १९ मा बसेको ७ औं बार्षिक साधारणसभाले ५० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको हो। माइक्रोफाइनान्सको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

माइक्रोफाइनान्सले प्रति कित्ता १ सय रुपैयाँका दरले १३ करोड २२ लाह ५० हजार रुपैयाँ बराबरको १३ लाख २२ हजार ५ सय कित्ता हकप्रद बिक्रि गर्न लागेको हो।

५० प्रतिशत हकप्रद बिक्रि तथा बितरण पश्चात माइक्रोफाइनान्सको चुक्ता पुंजी ३९ करोड ६७ लाख रुपैयाँ पुग्ने छ। हाल माइक्रोफाइनान्सको चुक्ता पुंजी २६ करोड ४५ लाख रुपैयाँ रहेको छ। माइर्कोफाइनान्सले चालु आर्थिक बर्षको यस अवधिमा ३ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

प्रकाशित : १८ चैत्र २०७३, शुक्रबार ०५:१५