राष्ट्रिय सहकारी संघद्वारा प्रधानमन्त्री दैबी प्रकोपमा २५ लाख हस्तान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राष्ट्रिय सहकारी संघद्वारा प्रधानमन्त्री दैबी प्रकोपमा २५ लाख हस्तान्तरण



काठमाडौं। राष्ट्रिय सहकारी संघले बिहीबार प्रधानमन्त्री सुशील कोइरालालाई २५ लाखको चेक हस्तान्तरण गरेको छ ।
भूकम्पपीडितका लागि राहत स्वरुप संघको टोलीले प्रधानमन्त्री निवास बालुवाधारमा पुगी प्रधानमन्त्री कोइरालालाई चेक हस्तान्तरण गरेको हो । वैशाख १२ गते गएको विनासकारी महाभुकम्पका कारण हजारौं घाइते तथा मृत्यु हुनुका साथै लाखौैं प्रभावित भएको भन्दै संघले सहयोग गरेको जनाएको छ । चेक बुझ्दै प्रधानमन्त्री सुशील कोइराालाले भूकम्पपीडितका लागि आएको सहयोग दुरुपयोग नहुनेमा विश्वास दिलाउनुभयो । कोषमा संकलित रकम वास्तविक पीडितले पाउने र कुनै पनि दुरुपयोग हुन नदिने उहाको भनाई थियो ।राहतका नाममा आएको खाद्य तथा अन्य सामाग्री दुरुपयोग बढेको भन्दै त्यसतर्फ आफू सजग भएको प्रधानमन्त्री कोइरालाले आश्वस्त पार्नुभयो ।प्रधानमन्त्री कोइरालाले महाविपत्तिको सामाना सबै मिलेर गर्नुपर्नेमा जोड दिनुभयो । संघले दिएको सहयोगले केही पीडितको घाउमा मलम लगाउन सकिने उहाको भनाई थियो ।

राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले चेक हस्तान्तरण गर्दै सरकारमार्फत नै सहयोग गर्न सके प्रभावकारी हुने बताउनुभयो । हामी आफैले भन्दा राज्यमार्फत जादा पीडितले राहत पाउने भएकाले कोषलाई चेक हस्तान्तरण गरेका हौं उहाले भन्नुभयो ।
यसैबीच संघले भारतको इफ्को सहकारीमार्फत प्रभावित विभिन्न जिल्लामा खाद्यन्न तथा पाल वितरण गरेको छ । अहिलेसम्म तीन जिल्लामा वितरण गरिसकिएको र छिट्टै अन्य प्रभावित जिल्लामा पनि वितरण गरिने संघले जनाएको छ ।

प्रकाशित : ३१ बैशाख २०७२, बिहीबार ०४:३९