एसियन लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एसियन लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई बोनस सेयर दिने



काठमाडाै । एसियन लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई बोनस सेयर दिने भएको छ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई विद्यमान चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। साथै, कम्पनीले कर प्रयोजनको लागि शून्य दशमलव ३३ प्रतिशत नगद लाभांश दिन प्रस्ताव गरेको नेप्सेले जनाएको छ।

कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको ५० लाख ८७ हजार रुपैयाँ बराबरको बोनस सेयर लगानीकर्ताले भने गत वर्षको वित्तीय विवरण बिमा समितिबाट स्वीकृत भई कम्पनीको साधारण सभाले पारित गरेपछि मात्रै पाउनेछन्।

प्रकाशित : 27 February, 2018 11:27 am