सानिमा इक्वीटी फण्डको नेप्सेमा कारोबार खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा इक्वीटी फण्डको नेप्सेमा कारोबार खुल्यो



काठमाडाै । सानिमा क्यापिटलको पहिलो सामूहिक लगानीकोष सानिमा इक्विटि फण्ड (SAEF) को  नेप्सेमा बुधबार देखि कारोबार खुलेको छ । फण्डले गत साता मात्र नेप्सेमा १३ करोड इकाई सूचीकृत गराएको थियो ।

सानिमा बैंक प्रवद्र्धक तथा सानिमा क्यापिटल योजना ब्यबस्थापक रहेको सानिमा इक्विटि फण्डले गत मंसिर १२ गतेदेखि २२ गतेसम्म प्रति इकाई १० रुपैयाँ दरले  एक अर्ब ३० करोड रुपैयाँ बराबरको १३ करोड इकाई विक्री गरेको थियो ।

नेप्सेले सानिमा इक्विटि फण्डलाई एसएईएफ कोड दिएको छ । पहिलो कारोबारको लागि प्रति ईकाई दश रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

प्रकाशित : 28 February, 2018 11:31 am