काठमाडौं। प्रधानन्यायाधीश गोपालप्रसाद पराजुललीले पदबाट राजिनामा दिएका छन् । बिहीबार सितल निवास पुगेर राष्ट्रपति विद्यादेबी भण्डारी समक्ष पराजुलीले राजिनामा बुझाएका हुन् ।
यस अघि बुधबार न्यायपरिषद्ले पराजुललीलाई उमेर हदका कारण प्रधानन्यायाधीश पदमा नरहेको जानकारी गराएको थियो । परिषद्का सचिवद्वारा हस्ताक्षरित पत्र पाए पनि त्यो अवैधानिक भएको भन्दै पराजुलीले आफू पदमा बहाल रहेको दावी गर्दै आएका थिए ।न्याय परिषदले पराजुलीको गत साउन २१ गते नै ६५ वर्ष उमेर पुगेको जानकारी सहित अवकाश पाएको भन्दै निजामति किताबखानालाई पराजुलीको पेन्सन पट्टा बनाइदिन बोद्धार्थ समेत पठाएको थियो ।





Comment