काठमाडौं। एयर कार्गो बिल्डिङबाट आयातनिर्यात गरिने माल सामानको कार्गो प्रबन्ध शुल्क वृद्धिप्रति नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले आफूहरूसँग छलफल नै नगरी चैत १ गतेदेखि लागू हुने गरी शुल्क वृद्धि गरिएको चेम्बरको भनाइ छ ।
कार्गो बिल्डिङबाट आयातनिर्यात गरिने माल सामानको कार्गो प्रबन्ध शुल्क वृद्धि गरिँदा निजी क्षेत्रको कुनै पनि प्रतिनिधिमूलक संस्थासँंग परामर्श तथा समन्वय नगरी एकतर्फी ढंगले शुल्क वृद्धि गरिएको र प्रस्तुत शुल्क वृद्धिले निर्यात व्यापार घटिरहेको अवस्थामा निकासी हुने वस्तुमा लागत वृद्धि हुन गई अन्तर्राष्ट्रिय बजारमा नेपाली मालवस्तुको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास हुने गई व्यापारघाटा अझ बढ्न जाने चेम्बरको भनाइ छ ।उक्त शुल्क वृद्धिले नेपालको उद्योग तथा व्यापार क्षेत्रमा समेत दुरगामी नकारात्मक प्रभाव पर्ने र आमउपभोक्तालाई पनि गम्भीर असर पर्ने भन्दै शुल्क वृद्धिले चेम्बरलगायत सरोकारवाला निजी क्षेत्रको सुझाव पनि सम्वोधन हुन नसकेकाले नेपाल चेम्वर अफ कमर्स गम्भीर आपत्ति प्रकट गर्दै शुल्क वृद्धि फिर्ता लिन आग्रह गरेको छ ।





Comment