काठमाडौं। सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर आउने निश्चित भएको छ । नियामक निकाय नेपाल धितो पत्र बोर्डले हकप्रद निष्कासनको स्वीकृत दिएपछि कम्पनीको हकप्रद आउने निश्चित भएको हो ।
सूर्या लाईफले १० बराबर ४ को अनुपातमा अर्थात चुक्ता पूँजीको ४० प्रतिशतका दरले हकप्रद निष्कासन गर्ने भएको हो । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनसपछि कायम पूँजीको ४० प्रतिशत हकप्रद विक्री गर्न लागेको हो ।बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गर्ने प्रक्रियामा रहेको सूर्या लाईफले १०० रुपैयाँ अंकित मूल्यमा २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद शेयर बिक्री गर्न पुस २४ गते निवेदन पेश गरेकोमा बोर्डले चैत १ गते अनुमति प्रदान गरेको हो ।
७२ करोड १८ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि एक अर्ब एक करोड रुपैयाँ कायम हुनेछ । कम्पनीले बीमा समितिले तोकेको बमोजिम २०७५ सम्ममा २ अर्ब पूँजी पुर्याउनु पर्नेहुन्छ ।
हकप्रद निष्कासनका लागि सुर्या लाईफले एनआइसी एशिया क्यापिटललाई यसअघि नै शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।





Comment