काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले अबको २५ दिनभित्रमा मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा आइपुग्ने बताएकी छन् ।
बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मेलम्चीको पानी २५ दिन भित्र काठमाडौंको सुन्दरीजलमा आउने गरी पूर्वाधार निर्माणमा तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिइन् ।उनले दशैंअघि नै काठमाडौं उपत्यका भित्रका घरघरमा मेलम्ची खानेपानी वितरण गर्ने प्रतिबद्धता समेत गरिन ।
मंगलबार मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरिक्षणमा पुगेकी मन्त्री विना मगरले आयोजनाको कामलाई तीव्र रुपमा बढाउन निर्देशन दिइसकेकी छिन् ।





Comment