तुलसीपुरको बजेट पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तुलसीपुरको बजेट पारित



 दाङ ।तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७५÷७६ को बजेट पारित भएको छ ।

उपप्रमुख माया आचार्यले गत असार १० गते तेस्रो नगरसभाको बैठकमा प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत पारित भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले विनियोजन ऐन, आर्थिक ऐन पारित गरेसँगै बजेट पारित भएको हो ।

नगरसभाले आगामी आवका लागि चालू खर्चअन्तर्गत तलब, भत्ता तथा कार्य सञ्चालनका लागि कूल बजेटको ९.२ प्रतिशतले आउने रकम रु १४ करोड ४९ लाख, १८ हजार विनियोजन गरिएको छ । पूँजीगत विकास, नगर र वडास्तरीय पूर्वाधार विकास अन्य सशर्त कार्यक्रमका लागि ९०.८ प्रतिशतले हुन आउने रकम रु एक अर्ब, ४२ करोड, ९२ लाख, ७३ हजार विनियोजन गरेको बजेट पारित गरिएको नगरपालिकाका प्रवक्ता सूर्यप्रसाद डाँगीले जानकारी दिनुभयो ।

प्रकाशित : 9 July, 2018 12:53 pm