कुमारी बैंकको बोनस शेयरपछिको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैंकको बोनस शेयरपछिको मुल्य समायोजन



काठमाडाै । कुमारी बैंक लिमिटेडको २१ दशमलव ८६ प्रतिशत बोनस शेयरपछिको मुल्य समायोजन भएको छ । मुल्य समायोजन पछि २२१.८६ रुपैयाँ तोकिएको छ । औषत आधार मुल्य भने २६२.९३ रुपैयाँ रहेको छ ।नेप्सेका अनुसार २१.२५ प्रतिशत बोनस समायोजन पश्चात बैंकको प्रतिकित्ता २२१ रुपैयाँ ८६ पैसामा शेयरमूल्य समायोजन भएको हो । यसै मूल्यलाई आधार मानेर बैंकको आइतबार शेयर कारोबार सुचारु हुनेछ ।

नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा बैंकको औसत आधारमूल्य २६२ रुपैयाँ ९३ पैसा निर्धारण भएको नेप्सेले जनाएको छ।

कुमारी बैंकले बैशाख २६ गते बिहीबार एकैदिन दुई आर्थिक वर्षको गरि सत्रौं र अठारौं वार्षिक साधारण सभा आह्वान गरेको छ। साधारण सभाका लागि बैशाख ६ गते शुक्रबार बुकक्लोज गरेको हो ।

प्रकाशित : 21 April, 2019 11:36 am