सुनको मूल्य बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सुनको मूल्य बढ्यो



काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार ५९ हजार २०० रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज पाँचसय रुपियाँले बढेर ५९ हजार ७०० रुपियाँमा कारोबार भएको हो । त्यसैगरी, महासंघले आज तेजावी सुनको मूल्य प्रतितोलामा ५९ हजार ४०० रुपियाँमा कारोबार भएको छ ।

महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार १८५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ९३० रुपियाँ कायम गरेको छ । त्यस्तै, चाँदीको मूल्य पनि १० रुपियाँले बढेर ७१० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६०९ रुपियाँ कायम गरेको छ ।

प्रकाशित : 24 May, 2019 11:52 am