काठमाडौंं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा चुक्तापुँजी ३ अर्ब ७८ करोड १० लाख ९ हजार १४.२६ रुपैयाँको १३.३० प्रतिशतले हुन आउने ५० करोड २८ लाख ७४ हजार १९८.९० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशतले हुन आउने २ करोड ६४ लाख ६७ हजार ६३.१० रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।





Comment