ग्राहकहरुको लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै कामना सेवा विकास बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्राहकहरुको लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै कामना सेवा विकास बैंक



काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने भएको छ। बैंकले कस्टुमर्स डे को अवसरमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने गरी सम्झौता गरेको हो ।

बैंकले २०७९ साल माघ महिना २६ गते बिहिबारको दिन निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठान सगँको सहकार्यमा आफ्नो ग्राहकहरुका लागि निःशुल्क रुपमा स्वास्थ्य जाँच तथा विभिन्न परिक्षण कार्यक्रम गर्ने भएको हो। बैंकका अनुसार उक्त कार्यक्रम कोहोलपुर न.पा. वडा नं. ११, नेपालगंज स्थित निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानमा हुने भएको छ ।

प्रकाशित : 7 February, 2023 2:51 pm