कोरोना भाइरससँग लड्न नेपाललाई एडीबीले ३० अर्ब रुपैयाँ ऋण दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कोरोना भाइरससँग लड्न नेपाललाई एडीबीले ३० अर्ब रुपैयाँ ऋण दिने



काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ ।

मंगलबार एडिबीले उक्त ऋण सहायता स्वीकृत गर्दै सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड–१९का कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणमा यो रकम खर्च हुने जानकारी दिएको हो ।

प्रतिकूल अवस्थामा बैंक नेपालको साथमा रहेको भन्दै एशियाली विकास बैंकका अध्यक्ष मसास्टुगु असकावाले सहुलियतपूर्ण ऋण सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका गतिविधिमा लगाउन सक्ने बताए ।

गरीब र विपन्न वर्गका लागि सामाजिक संरक्षण कार्यक्रम बिस्तार गर्न र तीब्र आर्थिक पुनरुत्थानमा जान ऋण सहायता महत्वपूर्ण सावित हुन सक्ने उनको भनाइ छ ।

एडीबीले नेपाल सरकार र अन्य विकास साझेदारसँग मिलेर काम गर्ने पनि जनाएको छ । यसअघि एडीबीले कोभिडसँग जुध्न १३ अप्रिलमा २० अर्ब डलरको सहायता घोषणा गरेको थियो ।

कोभिड १९ एक्टिभ रेस्पोन्स एण्ड एक्स्पेन्डिचर सहायता (सीएआरइएस) कार्यक्रम अन्तर्गत पाएको २५ करोड डलर ऋण सहायता नेपाल सरकारले सात वटै प्रदेशमा कम्तिमा २ लाख क्वारेन्टिन निर्माण गर्न र दैनिक ३ हजार मानिसको कोरोना परीक्षण गर्न सक्ने एडीबीले उल्लेख गरेको छ ।

गरीब तथा कमजोर आयस्रोत भएका परिवारलाई खाद्यान्न वितरण, कमजोर आय भएका बेरोजगार मानिसलाई रोजगारी प्रदान गर्न तथा सामाजिक सुरक्षाका कार्यक्रम संचालन गर्न पनि यो रकम खर्चन सक्ने अनुमति बैंकले दिएको छ ।

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलवार २०:२४